मधेशका सबै वडामा अर्गानिक मलको साना उद्योग सञ्चालन हुने
जनकपुरधाम | चैत ८, २०७९
फाइल तस्बिर
ढल्केवर: रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।
मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत जर्मनको बेल्ट हङ्गर हाइल्फ नामक संस्थाले मधेशका एक हजार दुई सय ७० वटा वडामा जैविक प्रविधिबाट अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गर्न लागेको हो ।
मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग सञ्चालनका लागि जर्मनको हाइल्स संस्थाले प्रस्ताव गरेको बताउनुभयो । प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन र भर्मी उद्योग सञ्चालन गर्न चाहने किसान आफैले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि, र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउने छ ।
उद्योग सञ्चालनमा आएपछि रासायनिक मलमाथिको निर्भरता कम हुने र अर्गानिक मलको प्रयोगले जमिनको उर्वराशक्ति बढ्ने मन्त्री कुशवाहाको भनाइ छ । उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उहाँले बताउनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

